Comments Add Comment

रणवीरले भेटन नपाउँदा कट्रिनाको मस्ती आदित्यसँग

katrina-aaditya

मुम्बई । रणबीर कपुरकी प्रेमिका भनेर रुपमा चिनिएकी कट्रिना कैफले रणबीरको अनुपस्थितीमा आदित्य रोय कपुरसँग चुम्बन गरेकी छिन् ।

हाल फिल्म ‘फितुर’मा काम गरिरहेकी कटि्रनाको काममा डिस्टर्व हुने भन्दै फिल्मका निर्देशकले रणवीर कपुरलाई एक महिना उनीसँग भेटन प्रतिबन्ध लगाएका थिए ।

उता, सुटिङका लागि काश्मीरमा रहेकी कैटले श्रीनगरको ठण्डीमा आदित्यको तातो अंगालोमा बेरिएर चुम्बन गरेकी छिन् । जुन दृष्य दर्शकले मोबाइलमा कैद गर्दै सामाजिक संजालमा अपलोड गरिदिएपछि भाइरल भएका छन् ।

katrinakaif-adityaroykapur-fitoorkiss

विभिन्न भारतीय सञ्चार माध्यमले जनाए अनुसार उनीहरुको चुम्बनको दृष्य श्रीनगरमा रहेको निशात बागमा छायाङ्कन गरिएको थियो । यो दृष्य सुटिङ गर्दा आदित्य निलो रंगको कुर्ता र कटि्रना कालो रंगको कुर्ता सुरुवालमा थिईन् ।

यस फिल्ममा कैट र आदित्यको अतिरिक्त अदिती राव, अक्षय ओबराय, राहुल भट्ट लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment