Comments Add Comment

‘भूल भुलैया’ गीत : ‘माया राम्रो डबल सिम, एउटा बिग्रे अर्को सिम’

निर्देशक योगेश घिमिरे चलचित्र ‘भूल भुलैया’ गीतकै कारण सफल हुनेमा ढुक्क छन् । यसैले, ‘झ्याप्पै’ बोलको गीत सफल भएपछि यसको अर्को रोमान्टिक नम्बर सार्वजनिक गरिएको छ ।

neeta-dhungana
प्रल्हाद तिमिल्सिना र मल्लिका कार्कीको आवाजमा समावेश ‘माया राम्रो डबल सिम’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार जीवन लुइटेल र नीता ढुंगानालाई फिचरिङ गरिएको छ ।

गीतमा बसन्त सापकोटाको संगीत, राजेन्द्र थापाको शब्द छ । दिनेश कुमार पोख्रेलको प्रस्तुतीमा तयार भएको चलचित्रमा सुशिल कार्की, मणिराज कार्की, सुरेश गौतमको लगानी छ । चलचित्रका कार्यकारी निर्माता निरज ढकाल हुन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतलाई केही फरक ढंगले प्रस्तुत गरिएको छ ।

चलचित्रमा शिवम् अधिकारीको लेखन, बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्र चैत्र १३ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई डीजिटल प्रविधीको भरपुर प्रयोग गरेर तयार पारिएको निर्देशक योगेश घिमिरेको भनाई छ । चलचित्रमा सोहित मानन्धर पनि मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment