Comments Add Comment

सुन्दरी प्रतियोगितामा भुत्लाभुत्ली, बिजेताको ताज खोसियो(भिडियोसहित)

vutalavutal

रियो दि जेनेरियो । आजकल नेपालमा पनि हरेक महिनाजसो कुनै न कुनै सुन्दरी प्रतियोगिता आयोजना भइरहेकै हुन्छन् । यस्ता प्रतियोगितामा बिजेता घोषणा गर्दा धाँधली भएको भन्दै बेलाबेलामा बिबादमा पनि पर्ने गर्छन् ।

तर, यतिबेला नेपालको हैन ब्राजिलमा भएको एउटा सुन्दरी प्रतियोगिताले बिश्वको ध्यान तानेको छ । गत शुक्रबार ब्राजिलमा सम्पन्न ‘मिस अमेजन २०१५’ प्रतियोगिताको बिजेता घोषणा गर्ने अन्तिम कार्यक्रम तनावका वीच सकिएको छ ।

प्रतियोगितामा २० बषिर्य क्यारोलिना तोलेडो बिजेता घोषित भइन् । उनको शीरमा ताज लगाइयो र तालीको गडगडाहटले स्वागत पनि गरियो ।

तर, फष्ट रनरअप घोषित सिसलेनलाई खपिसक्नु भएन । उनले हत्तपत्त क्यारोलिनको ताज खोस्दै भूइँमा फादिदिइन र उनलाई भुत्लाउन थालिन् । दुई सुन्दरीवीच स्टेजमै भुत्लाभुत्ली भयो,अरुलाई छुट्टाउनको सास्ती ।

अन्तमा फस्ट रनरअप भएकी सिसलेन बिजेताप्रति गालीको बर्षा गर्दै स्टेजबाट बाहिरिइन् । सहभागीलाई के भइरहेको हो भन्ने समेत पत्तो थिइन, त्यसैले ताली पनि बजाइरहेका थिए । त्यतिकैमा आयोजक दौडिएर स्टेजमा पुगे र भुइँमा रहेको ताज टिपेर फेरी बिजेताको टाउकोमा लगाइदिए ।

क्यरोलिन उपाधि जित्न योग्य नभएको र धाँधली गरेर जितेको भन्दै उनले आक्रोश पोखिन् । बिजेता क्यारोलिनले भने आफुमाथि भएको अपमानपूर्ण ब्यबहारको बिरोध गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment