Comments Add Comment

दीपक भन्छन-‘ओली-प्रचण्ड होइन, हामी पागल’

dipakraj-giri
यतिबेला नेपाली राजनीतिमा नेताहरुको मानसिक सन्तुलन गुमेका समेत कुराहरु सुनिन थालेका छन् । संविधान बन्ने कुरा त कता हो कता, नेताहरु एकअर्काको स्वास्थ्य अवस्थाको बारेमा नै आरोप र प्रत्यारोप गरिरहेका छन् ।

नेताहरुको यो आरोप र प्रत्यारोपले सन्देश त गतिलो गएको छैन नै जनतालाई पनि दिकदारी बनाएको छ । यही दिकदारीलाई हाँस्य कलाकार दिपकराज गिरीले आफ्नो फेसबुकमा नयाँ ढंगले विश्लेषण गरेका छन् ।

उनले लेखेका छन्-‘प्रचण्ड लगायतका नेताहरुले ओलीलाई पागल भयो भनेछन् । मेरो विचारमा यो सरासर गलत हो । न ओली पागल हुन् न प्रचण्ड । तपाइहरु जस्ता व्यक्तिलाई संविधान बनाउने जटिल काम सुम्पने हामी सोझा जनता चाहि पागल हौै ।’

दिपकको यो विचार व्यङ्ग्यात्मक छ भन्ने वुझ्न समय लाग्दैन । नेताहरुले जनतालाई बाम्बार संविधान बनाउँछु भनेर दिएको  वचन पुरा गर्न नसक्दा कलाकारदेखि आम सर्वसाधारणमा समेत दिकदारी पैदा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment