Comments Add Comment

हर्षिकाको बोल्ड अवतारलाई ‘पीजी’

harshika-and-aamir
चलचित्र ‘फस्ट लभ, लुट, छड्के’ जस्ता चलचित्र निर्माण गरेका नरेन्द्र महर्जन र माधव वाग्ले अब ‘मिसन पैसा २’ मार्फत दर्शकमाँझ आउँदैछन् । निर्माणको लामो समयपछि यो चलचित्र फागुन १५ गते चल्ने पक्का भएको छ ।

‘मिसन पैसा’को सिक्वेलको रुपमा बनेको यो चलचित्र एक्सनले भरिएको छ । सिमोस सुनवारले निर्देशन गरेको चलचित्रमा भीएफएक्सको भरपुर प्रयोग गरिएको छ ।

चलचित्रमा हर्षिका श्रेष्ठ, रेश महरठ्ठा, आमिर गौतम, निशा अधिकारी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा हषिर्का बोल्ड देखिएकी छिन् भने रेश र आमिरको एक्सन अवतार देखाइएको छ ।

निर्माता मध्येका एक माधव वाग्ले आफ्ना अघिल्ला चलचित्रले जस्तै ‘मिसन पैसा २’ले पनि गतिलो व्यापार गर्नेमा ढुक्क छन् । उनले चलचित्र चल्न केही ढिला भएपनि मिहिनेत गरेकाले समय लागेको बताए ।

चलचित्रलाई भीएफएक्स गर्दा समय लागेको उनको भनाई छ । चलचित्रमा नायिका प्रियंका कार्कीले एक आइटम गीतमा कोरियोग्राफी र नृत्य गरेकी छिन् । चलचित्रलाई सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ ।

चलचित्र सेन्सर बोर्डमा नवुझ्ने मानिस बस्दा आफूहरुलाई यो सर्टिफिकेट दिइएको निर्माता माधव वाग्लेको भनाई छ । अब यो चलचित्र हेर्नका  लागि १६ बर्षमुनिका बालबालिकाले आमाबुबाको साथमा जानु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment