Comments Add Comment

निर्देशक बस्नेतलाई भारतमा सम्मान

deepa-basnet
भारतको उडिसा राज्यमा रहेको प्रख्यात यूनिभर्सिटी ‘कलिंगा इन्टिच्यूट अफ इन्डेस्टि्रयल टेक्नोलोजि’ले निर्देशक दीपा बस्नेतलाई सम्मान गरेको छ । भारतीय स्वतन्त्रता दिवसको दिन निर्देशक बस्नेतलाई निमन्त्रणा गरिएको थियो । सोही अवसरमा उनलाई उडिसा राज्यमा रहेका चलचित्रकर्मीहरुको माँझमा परिचित गराएर सम्मान गरिएको हो ।

कार्यक्रममा किट यूनिभर्सिटीका संस्थापक डाक्टर अच्युत सामन्त, सिने क्रिटिक्स एसोसियसन उडिसाका अध्यक्ष प्रदोशन पटनायक, सचिव दिलिप हली, उडिसा राज्यकी चर्चित नायिका अनु चौधरी तथा कादम्बिनी मिडियाकी सम्पादक इती सामान्त लगायतको उपस्थिती थियो ।

कार्यक्रममा निर्देशक बस्नेतले चलचित्र क्षेत्रको बारेमा संक्षिप्त भनाई राखेकी थिइन् । कार्यक्रममा किट यूनिभर्सिटीका संस्थापक डाक्टर अच्युत सामन्तले निर्देशक बस्नेतले चलचित्र निर्देशनको शिक्षा हासिल गरेको र सामाजिक केही मुद्दाहरुमा चलचित्र बनाइसकेकाले उनलाई यूनिभर्सिटीको तर्फबाट अन्तरराष्ट्रिय परामर्शदाताको रुपमा नियुक्ती गरिएको बताए ।

यूनिभर्सिटीले नेपालमा पनि शाखा विस्तार गर्ने र दीपालाई कोअडिनेटरको रुपमा नियुक्ती दिने बताएको छ । निर्देशक बस्नेतले ‘अन्तराल’ र ‘श्री ५ अम्बरे’ गरि २ वटा चलचित्र निर्देशन गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment