Comments Add Comment

रिमाको ‘स्केप’सँग नन्दिताको ‘लोग्ने मान्छे’, ‘रथ’ र ‘सुनपानी’ पनि चल्दै

nanidta-and-reema

आज शुक्रबार एकसाथ ४ नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । सार्वजनिक बिदा वा कुनै पर्व विना नै ४ चलचित्र भिड्नु आफैमा सुखद पक्ष भने होइन । तर, पनि ठूला र साना बजेटका ४ चलचित्रको भिडन्त भने आफैमा रोचक छ ।

आजबाट दिलिप रायमाझी र नन्दिता केसीको मुख्य भूमिका रहेको चलचित्र ‘लोग्ने मान्छे’ प्रदर्शनमा आएको छ । लय संग्रौलाको निर्देशनमा तयार भएको यो चलचित्रले श्रीमान् श्रीमतीको सम्बन्धको कथा भनेको छ । श्रीमान् अर्कै यूवतीसँग लाग्दा श्रीमती र घर परिवारको अवस्था के हुन्छ भन्ने कथालाई यो चलचित्रले उठान गरेको छ ।

यस्तै, आजैबाट कैलाश अधिकारीले निर्देशन गरेको चलचित्र ‘रथ’ पनि प्रदर्शनमा आएको छ । विशाल पोख्रेलको मुख्य भूमिका रहेको चलचित्रले सांगीतिक प्रेम कथा बोलेको छ । ‘रथ’मा कलाकार पोख्रेल ऋतिक रोशनको ‘क्रिस’ चलचित्रको कपी गर्न उत्रेको आरोप समेत लागेको थियो ।

प्रदिप खड्का र रिमा विश्वकर्माको मुख्य भूमिका रहेको चलचित्र ‘स्केप’ पनि आजैबाट हलमा लागेको छ । अनन्त घिमिरेको निर्देशनमा बनेको यो चलचित्रले लागूपदार्थ दुव्र्यसनीमा फसेको एक यूवकको छुटकारा पछिको कथा भनेको छ । चलचित्र प्रदिप र रिमा दुबैका लागि महत्वपूर्ण छ ।

आजैबाट ‘सुनपानी’ नामक चलचित्र पनि प्रदर्शनमा आएको छ । यी ४ चलचित्रमध्ये ‘लोग्ने मान्छे’को चर्चा सर्वाधिक धेरै छ । अन्य ३ चलचित्र प्रचारको मामलामा खरो रुपमा उत्रन नसकेपनि दर्शकले कसरी स्विकार गर्ने हुन्, आइतबारसम्मा थाहा लाग्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment