Comments Add Comment

मोफसलबाट मोडलिङको फड्को

Ramesh-basnet
काठमाडौं । पछल्लो समय काठमाडौंमा म्युजिक भिडियोको बाढी आइरहेका बेला मोफसलमा पनि यसको प्रभाव बढ्दै गएको छ । मोफोसलमा पनि मोडलिङलाई करियरको रुपमा अगाडी बढाउने हरु प्रसस्तै छन् ।

चितवनबाट मोडलिङ करिअर सुरु गरेका रमेश बस्नेतले प्रमोद खरेल लगायत अन्य चर्चित गायक गायिकाको गीतमा मोडलिङ गरेका छन् ।

अहिलेसम्म ८ गीतमा मोडलिङ गरेका रमेश सञ्चार क्षेत्रमा पनि आबद्ध छन् ।

स्थानीय युवाहरुको प्रयासमा निर्माण भएको चलचित्र ‘द रियल ग्याङस्टार’ मा अभिनय गरेका रेमश अब फिचर फिल्ममा सक्रिय हुने योजनामा छन् ।

केही दिन अघि चीतवनमै ‘द रियल ग्याङस्टार’ को विशेष प्रदर्शनी गरिएको थियो । चलचित्र हेरिसकेपछि आफ्ना केही कमजोरी थाह पाएको बताउँदै रमेशले आगामी दिनमा कमजोरी नदोहोर्‍याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment