Comments Add Comment

आत्मकथा लेख्दै आदित्य, कंगनासँगको सम्बन्धबारे खुलासा गर्ने

aditiya kangana

मुम्बई । पुराना अभिनेता आदित्य पंचोली अहिले आत्मकथा लेख्दै छन् । उनले आफ्नो पुस्तकमा अभिनेत्री कंगना राणावतसँगको सम्बन्धवारे धेरै कुरा उल्लेख गर्ने दाबी गरेका छन् ।

कुनैबेला आदित्य र कंगनाको सम्बन्धको चर्चा बलिउडमा ब्याप्त थियो । कलिलो उमेरकी कंगाना जब घरबाट भागेर बलिउडमा करियर खोज्दै भौतारिएकी थिइन त्यसबखत आदित्यले नै उनको हात थामेका थिए ।

यतिसम्मकी उनले आदित्यसँगै आश्रय लिएकी थिइन् । जसका कारण् आदित्य र उनकी श्रीमतीवीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । तर, उनीहरुको सम्बन्ध कंगनाको लोकप्रियतासँगै टिक्न सकेन् । अहिले उनीहरु अलग भइसकेका छन् ।

‘हामी दुईको विचमा अब कुनै त्यस्तो सम्बन्ध छैन । एउटा समय थियो । हामी एक अर्कालाई निकै राम्रोसँग चिन्थ्यौं ।’ कंगनाले हालै मुम्बईमा आयोजित कार्यक्रममा पत्रकारसँग भनेकी थिइन ‘हामीहरु विच धेरै विषयमा कुराकानी पनि हुन्थ्यो तर, अहिले त्यस्तो केही पनि हुँदैन ।’

आदित्यले कंगनासँगको सम्बन्धबारे खुलासा गर्ने यसअघि नै बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment