Comments Add Comment

आफ्नै प्रेमीसँग श्रेयाले गरिन् सुटुक्क बिबाह

shreya-ghosal-bihe

बलिउडमा कलाकारहरु कोही धुमधामको साथमा बिहे गर्छन् त कोही सुटुक्क । तर, उनीहरुको कुनै न कुनै श्रोतबाट बिहेको चर्चा भै नै हाल्छ । बलिउड नायिका रानी मुखर्जीले पनि केही समय अघि सुटुक्क बिहे गरेकी थिइन् । उनले इटालीमा बिहे गरेकी थिइन् । बिहिबार बेलुकी बलिउडकी चर्चित गायिका श्रेया घोषालले पनि बिहे गरेकी छिन् ।

उनले मुम्बइमा आयोजना भएको एक कार्यक्रममा आफ्नै प्रेमीसँग बिहे गरेकी हुन् । शिलादित्यसँग बिहे गरेकी हुन् । उनले आफ्नो लामो समयदेखिको प्रेमलाई बिहेमा परिणत गरेको फेसबुक मार्फत जानकारी दिएकी छिन् । श्रेयाले आफ्नो परिवारको सहमतीमा नै भारतीय परम्परा अनुसार बिहे गरेको जनाएकी छिन् ।
श्रेयाले बिहे गरेपछि उनका फ्यानहरुले उनलाई वधाई दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment