Comments Add Comment

अश्लिलता प्रर्दशन गरेको भन्दै दीपिका, रणबीर र करण बिरुद्ध उजुरी

deepika karan

मुम्बई । दीपिका पादुकोण, रणबीर सिंह, करण जौहर, अर्जुन कपुर, सोनाक्षी सिन्हा बिरुद्ध पूर्णे प्रहरीमा उजुरी दर्ता भएको छ ।

हाँस्य ब्याङ्ग्य सम्बन्धि कार्यक्रम ‘अल इण्डिया नक आउट रोष्ट सो’ मा अश्लिलता प्रस्तुत गरेको भन्दै ती कलाकार लगायत अन्य १४ जना बिरुद्ध उजुरी दर्ता भएको छ ।

यो शो मुम्बईको एक स्टेडियममा भएको थियो । जहाँ चार हजार दर्शक थिए । शो मा रणबीर सिंह, अर्जुन कपुर, करण जौहरले स्टेजमा एक अर्काको बिरुद्ध केही चुटकिला सुनाएका थिए । ती चुट्किला अश्लिल थिए ।

कार्यक्रममा दर्शक समुहमा दीपिका पादुकोण, सोनाक्षी सिन्हा र आलिया भट्ट थिए । महाराष्ट्र सरकारले कानुनको उलंघन गरेको भेटिएमा कार्वाही गर्ने जानकारी गराएपछि उजुरी परेको थियो ।

यसअघि नै कार्यक्रम आयोजकले यो भिडियोलाई युट्युवबाट हटाएका छन् । यस्तो कार्यक्रमप्रति दर्शकले बिरोध जनाएका छन भने कार्यक्रममा सहभागी कलाकारले त्यसको बचाउ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment