Comments Add Comment

‘किक -२’ को कथा लेख्दै सलमान खान

salman-khan

मुम्बई । बलिउड सुपरस्टार सलमान खान हिन्दी फिल्म ‘किक’ को सिक्वेलको कथा लेख्नमा ब्यस्त छन् ।

निर्देशक साजिद नाडियावालाले किकको सिक्वेल बनाउन चाहे पनि गतिलो कथा नभेटेको कुरा सलमानसँग गरेका थिए ।

सलमान अभिनित किक सन् २०१४ मा बलिउडमा सर्वाधिक कमाई गर्ने फिल्मको रुपमा चिनिन्छ । त्यसकारण पनि निर्देशकले यसको सिक्वेल बनाउन चाहेका छन् ।

निर्देशकको कुरा सुनेपछि सलमानले कथाको प्लट बनाएर निर्देशक नाडियावालासँग सल्लाह गरेका थिए । निर्देशकले कथा राम्रो लागेको भन्दै सलमानलाई लेख्न आग्रह गरेका थिए । सलमान पनि निर्देशकले कथा लेखनको जिम्मेवारी दिएकोमा उत्साहित छन् ।

सलमानले यसअघि ‘वीर’ को कथा लेखेका थिए, जुन फिल्मले औसत ब्यापार गरेको थियो ।
सलमान प्रसिद्ध लेखक सलीम खानका छोरा हुन् । सलिमले जाबेद अख्तरको सहयोगमा ऐतिहासिक हिन्दी फिल्म ‘सोले’ को स्त्रिmप्ट लेखेका थिए ।

दीवार, जन्जीर, सीता और गीता लगायत अन्य केही चर्चित फिल्मको स्त्रिmप्टसमेत सलीमले लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment