Comments Add Comment

प्रियंकाको गीतमा अनुष्का नाच्ने

priyanka-and-anushka

मुम्बई । अभिनयको अतिरिक्त गायनमा समेत सहभागी छिन् नायिका प्रियंका चोपडा । अब उनले गाएको गीतमा अर्की चर्चित नायिका अनुष्का शर्माले अभिनय गर्ने भएकी छिन् ।

विभिन्न भारतीय समाचार संस्थाले जनाएअनुसार हिन्दी फिल्म ‘दिल धड्कने दो’ मा पि्रयंकाको गीतमा अनुष्काले अभिनय गर्ने भएकी हुन् ।

यो गीत पि्रयंका र फरहान अख्तरको स्वरमा रेकर्ड भएको छ । यही गीतमा पि्रयंकासँगै अनुष्काले पनि अभिनय गर्ने छिन् ।

यस फिल्ममा अनुश्का रणबीर सिंहको गर्लफ्रेण्डको भुमिकामा छिन् । अन्य कलाकारहरुमा फरहान अख्तर र अनिल कपुर पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment