Comments Add Comment

जन्मदिनमा रेखाको ‘सिमसिमे पानीमा’

rekha-shaha-birthday
गायिका रेखा शाहले आफ्नो जन्मदिनको अवसर पारेर चर्चित गीत ‘सिमसिमे पानीमा’को रिमेक भर्सन बजारमा ल्याएकी छिन् । यो गीत विश्वमै ‘रेशम फिरिरी’ पछि गाइने दोश्रो चर्चित गीत हो ।

उनले आफ्नो  जन्मदिनको अवसरमा केक काट्दै ‘सिमसिमे पानीमा’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरेकी हुन् । वि.सं २०४९ सालमा रेडियो नेपालको देशव्यापी लोकगीत प्रतियोगीतामा रेखाले यही गीतबाट प्रथम स्थान हाँसिल गरेकी थिइन् । यो गीतमा उनकै शब्द र लय पनि छ । उनले २१ बर्षपछि यो गीतको रि-रेकडिङ गरेर नयाँ भिडियो पनि तयार पारेकी हुन् । भिडियोलाई महंगो बनाएको भन्दै उनले पैसासँगै समय पनि खर्चिएको बताइन् ।

नितिन चन्दले निर्देशन गरेको भिडियोमा रेखा र अमिर शेखको अभिनय छ । भिडियोमा कोरियोग्राफी रेशना वान्तवा राइको छ ।rekha-saha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment