Comments Add Comment

एपीएफ महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा

२ फागुन, काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लब समूह चरणको अन्तिम खेल अघि नै महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

शनिबार भएको खेलमा क्षेत्र नम्बर ४ भैरहवाले क्षेत्र नम्बर ८ पोखरालाई ९ विकेटले पराजित गर्‍यो भने रेखा रावलको उत्कृृष्ट प्रदर्शनको मदतमा क्षेत्र नम्बर ६ बैतडीले क्षेत्र नम्बर २ वीरगञ्जलाई ६ विकेटले हराएको छ ।

हारसँगै पोखरा सबै खेल गुमाएर समूह चरणबाटै बाहिरिएको छ । एपीएफ ६ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको बैतडीको ४ अंक छ । वीरगञ्ज र भैहरवाको समान ४/४ अंक भए पनि रन रेटका आधारमा तेस्रो र चौथो स्थानमा छ ।

अब एपीएफ र बैतडीबीच हुने खेलले सेमिफाइनल पुग्ने दोस्रो टीमको टुङ्गो लाग्नेछ ।

रेखाको उत्कृष्ट प्रदर्शन

कीर्तिपुरमा पोखराले प्रस्तुत गरेको ९६ रनको लक्ष्य बैतडीले २४.२ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । उसका लागि रेखा रावलले ५५ बलमा सात चौकासहित ५९ रन बनाइन् ।

यसअघि पहिले ब्याटिङ गरेको पोखराले ४० ओभरमा ९ विकेटठ गुमाएर ९५ रन बनायो । उसका लागि निशा गिरीले अविजित २३ रन बनाए पनि अन्य ब्याट्सवुमन चल्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा रेखा रावल एक्लैले पाँच विकेट लिइन् । ८ ओभरमा एक मेडन राख्दै उनले मात्र १९ रन दिइकी थिइन् । बैतडीकी रेखा प्लेयर अफ दि म्याच घोषित भइन् ।

पुल्चोकमा इन्दु बर्मा चम्किइन्

पुल्चोकमा इन्दु बर्मा र सरस्वती पुनले घातक बलिङ गरेपछि पोखरा २१.५ ओभरमा ६२ रन जोड्दा अलआउट भयो । उसका लागि तिर्सना देवकोटाले अविजित १४ र प्रभा नेपालीले १३ रन बनाइन् ।

इन्दुले ७ ओभरमा तीन मेडन राख्दै ३ विकेट लिइने भने सरस्वतीले ६.५ ओभरमा २ मेडन राख्दै १८ रन खर्चिएर ४ विकेट हात पारिन् ।

भैरहवाले १२.२ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि मलिना थापाले अविजित ३८ रन बनाइन् भने इन्दु २१ रनमा अविजित रहिन् । उनी प्लेयर अफ दि म्याच घोषित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment