Comments Add Comment

फ्रेस फेस : यहाँ आएपछि बिग्रने लत लाग्छ : सुरक्षा पन्त(भिडियोसहित)

Surakshya Panta (6)

‘अझै पनि’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी नव-नायिका सुरक्षा पन्त यो क्षेत्रमा परिक्षा दिदैछिन् । बाहिरबाट हेर्दा यो क्षेत्रका बारेमा विभिन्न कुरा सुनेपछि उनलाई लाग्यो, म किन यहाँ गएर त्यसलाई नहेर्ने । यसैले उनी आज यो क्षेत्रमा आएर सुनिएका थुप्रै कुराको बारेमा मनन गर्दैछिन् ।

हेर्नुहोस् अनलाइनखबरसँग सुरक्षाले गरेको भिडियो कुराकानी


अनलाइनखबरका लागि ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्दै गर्दा उनले आफ्नो र यो क्षेत्रको बारेमा थुप्रै कुरा गरिन् । सुरक्षालाई लाग्छ, आफूमा खुबी छैन भने यहाँ ठाउँ ओगट्नुको अर्थ छैन । ‘एउटाले स्थान ओगट्दा अर्को राम्रो मानिस पलायन हुने अवस्था आउँछ, म यो चाहन्न’-सुरक्षाले भनिन् ।

चलचित्र ‘अझै पनि’को छायांकनको क्रममा आफूले राजकुमारीको अनुभव लिएको भन्दै उनले अब आफूलाई यस्तो टिमको लत लागेको उनको भनाई छ ।Surakshya Panta (4)

तपाई नायिका बन्ने कि कलाकार, सुरक्षाले चोटिलो जवाफ फर्काइन्-‘म नायिका बन्न नै चाहन्न । मलाई हेरेर किन दर्शकले ३ घन्टाको समय खर्चने ? म समाजका लागि रोल मोडल बन्न सक्नुपर्छ । म यही बन्न चाहन्छु ।’

नेपाली चलचित्रका नायिकाहरुका बारेमा अझै पनि किन मानिस सकारात्मक सोच्दैनन् त, सुरक्षा भन्छिन्-‘मानिसलाई सोच्ने अधिकार छ, त्यो हामीले छोडिदिनुपर्छ । उसले भनेका कुरालाई आफूले कसरी ग्रहण गर्ने भन्ने मात्र हो । यो क्षेत्रमा आएपछि नाम, दाम सबै छ । यसैले यहाँ बिग्रने लत लाग्छ ।’

सुरक्षाको चलचित्र करिअर कहाँसम्म त ?-‘मलाई थाहा छैन, म कहाँसम्म पुग्छु । तर, यत्ती मात्र हो अहिले नै म यो क्षेत्रमा लाग्छु भनेर अगाडि बढेकी छैन ।’Surakshya Panta (5)

‘अझै पनि’मा सुरक्षाले परिक्षा दिएकी हुन् । यदि, यो परिक्षामा उनी असफल भइन् भने यो क्षेत्रमा उनको भविष्य लामो समयसम्म जान्छ भन्ने छैन ।

एउटै चलचित्रमा दुई नायिका हुँदा डाहा कत्तीको हुन्छ त, नायिका पूजा शर्मासँगको स्त्रिmन शेयरका बिषयमा उनले भनिन्-‘सायद, म यो क्षेत्रमा लामो समयसम्म लाग्छु भनेर प्रतिस्पर्धाको भावनाले आएको भएँ हुन्थ्यो होला । तर, मलाई त्यस्तो सोच छैन । तर पनि मनमा कत्ता कत्ता भने त्यस्तो हुँदोरहेछ ।’Surakshya Panta (3)

चलचित्र क्षेत्रलाई आफ्नो खाँचो भएको खण्डमा आफू यसमै अगाडि बढ्ने बताउँदै उनले नभएको खण्डमा स्थान ओगटेर नबस्ने बताइन् ।Surakshya Panta (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment