Comments Add Comment

लोक सेवा आयोगको अध्यक्षमा उमेश मैनाली सिफारिस

१४ फागुन, काठमाडौं । संवैधानिक परिषदले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव उमेश मैनालीको नाम सिफारिस गरेको छ ।

Umesh-mainaliपरिषदको बिहीबार साँझ बसेको बैठकले सहमतिका आधारमा मैनालीलाई लोकसेवा अध्यक्षमा सिफारिस गरेको हो । आयोगका तत्कालीन अध्यक्ष कयोदेवी यमीको कार्यकाल फागुन पहिलो साता सकिएको थियो ।

सुरुमा प्रमुख विपक्षी दलका नेता एमाओवादी अध्यक्षले यमीलाई नै निरन्तरता दिन प्रस्ताव गरेका थिए । तर, अन्य सदस्यले नमानेपछि परिषदका यसअघिका बैठकहरु निष्कर्षबिहीन हुँदै आएको थियो ।

बिहीबारको बैठकमा आयोग ७ सदस्यीय बनाउने सहमति भएको छ । समावेशी प्रतिनिधित्व गराउने भन्दै प्रचण्डले राखेको प्रस्तावमा सबैले समर्थन गरेका थिए ।
स्रोतका अनुसार प्रचण्डले महिलाका तर्फबाट पूर्वसचिव विन्दा हाडाको नाम प्रस्ताव गरेका थिए ।

मधेसीबाट एक सदस्य प्रचण्डको प्रस्तावमा राखिएको छ । आयोगको सदस्यमा हाडासँगै पूर्व सचिव गोविन्द कुशुम, श्रीपुरुष ढकाल, ब्रम्हदेव यादव, अशोककुमार झा, कृष्णचन्द झाको नाम सिफारिस भएको छ ।

परिषद्को सिफारिस गरेका नामहरुलाई संसदीय सुनुवाई विशेष समितिले सुनुवाई गरेर अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने कानुनी प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment