Comments Add Comment

कोरिया जाने युवा भन्छन्-श्रम विभाग र कन्सलटेन्सीले ठगे

२२ फागुन, काठमाडौं । श्रम विभागसँगको मिलेमतोमा यूनाईटेड कन्सल्टेन्सीले दक्षिण कोरियामा पानी जहाजमा काम गर्न लैजाने भन्दै ३ करोड २० लाख रुपैया ठगेको युवाहरुले गुनासो गरेका छन् ।

Reporters-Club-Nepal

  • ठगिएका युवाहरु पत्रकार सम्मेलनमा

श्रम विभागले श्रम स्विकृति दिएपछि कन्सल्टेन्सीलाई प्रतिब्यक्ति ८ लाख रुपैयाको दरले रकम बुझाएका यूवाहरुले दक्षिण कोरिया जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि ठगिएको पत्ता पाएको बताए ।

पीडित युवाहरुले शुक्रवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी सरकारकै निकायका कारण आफूहरु ठगिएकोले सरकारले नै पैसा फिर्ता वा कोरिया पठाउने ब्यवस्था मिलाउन पहल गर्नुपर्ने माग गरे ।

अन्यथा सोमबारबाट भोक हडतालसहित श्रम विभाग र बैदेशिक रोजगार विभागमा अनिश्चितकालिन तालाबन्दी गर्ने उनीहरुले चेतावनी दिए ।

पत्रकार सम्मेलनमा सिन्धुपाल्चोकका युवा निमा तामाङले नेपाल टेलिकमको ४००१ मा एसएमएस गरेर हेर्दा श्रम स्विकृति आधिकारिक भएको पाएपछि आफूहरुले पैसा बुझाए पनि ठगिएको बताए ।

अर्का पीडित शिवकुमार बस्नेतले आफूहरु ठगिएको विषयमा बैदेशिक रोजगार विभागमा एक साता अघि नै उजुरी गरेपनि अहिलेसम्म सुनवाई नभएको गुनासो गरे ।

उनले विमानस्थलमा बोर्डिङ पास लिन जाँदा मात्रै केही घण्टा अघि टिकट क्यान्सिल भएको र श्रम स्विकृतिबाहेकका सबै कागजातहरु नक्कली भएको थाहा पाएको बताए ।

आठ लाख रुपैया बुझाउने ४० जना युवाहरु भए पनि एक-दुई लाख रुपैया दिने सयौं युवाहरु ठगिएको उनीहरुले दावी समेत गरे ।

उनीहरुले विभागसँगको मिलेमतोमा कन्सल्टेन्सीका डाईरेक्टर शारदा कुमार मगर, प्रकाश तिवारी, अप्सरा श्रेष्ठ, दानबहादुर पुनसहितका ब्यक्तिहरुले आफूलाई ठगेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment