Comments Add Comment

राष्ट्र बैंकको गभर्नरमा चिरञ्जीवी नेपाल नियुक्त

Chiranjibi-Nepal

५ चैत काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले डा. नेपाललाई गर्भनर बनाउने निर्णय गरेको हो ।

गभर्नर छान्नका लागि  मन्त्रिपरिषद्ले गत फागुन १२ गते अर्थमन्त्री डा. रामहरण महतको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । सो सिफारिस समितिले डा. चिरञ्जीबी नेपाल र राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारीको नाम गभर्नरका लागि सिफारिस गरेको थियो । सरकारले सिफारिस समितिले सिफारिस गरेमध्येबाटै नेपाललाई गभर्नरमा नियुक्ति गरेको हो ।

यो पनि पढ्नुस् : नेविसंघको अध्यक्षदेखि राष्ट्र बैंकको गभर्नरसम्म

गभर्नरका रुपमा डा. नेपालको कार्यकाल पाँच वर्ष रहने छ । दर्जनौं आकांक्षीहरु र दुईजना प्रतिस्पर्धीलाई उछिन्दै डा.नेपालले मुलुकको केन्द्रीय बैंकको गभर्नर बन्ने अवसर पाएका छन् । अब छापिने नोटमा उनैको हस्ताक्षर चल्छ ।

गभर्नर सिफारिस समितिमा संस्थापक गभर्नर हिमालयसमशेर राणा, अर्थशास्त्री पार्थिवेश्वर तिमल्सिना सदस्य थिए ।

गभर्नरमा नियुक्ति पाएका डा. नेपाल यसअघि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रुपमा कार्यरत थिए । गभर्नर बन्ने संकेत पाएपछि करिब दुई हप्ताअघि उनले सल्लाहकार पदबाट राजीनामा दिएका थिए । डा. नेपाल निजी क्षेत्रमैत्री एवं खुला बजार अर्थतन्त्रका पक्षधर मानिन्छन् ।

मौद्रिक नीति तयार गरी कार्यान्वयन गर्नु र सरकारको सक्रिय आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नु गभर्नरको मुख्य जिम्मेवारी हो । गभर्नरको हस्ताक्षरमा मुलुकले नोट छाप्ने गर्छ ।

को-को थिए प्रतिस्पर्धी ?

गभर्नर बन्ने आकांक्षी धेरैजना थिए । पूर्वअर्थसचिव रामेश्वर खनाल र युवराज भुसाल, अर्थशास्त्री डा. विश्वम्वर प्याकुरेल, योजनाकार डा. शंकर शर्मा, डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारी, राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर वीरविक्रम रायमाझी, बैंकर्स संघका निवर्तमान अध्यक्ष एवं सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत राजसिंह भण्डारी, नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना गभर्नर बन्न निकै लागि परेका थिए ।

त्यसैगरी, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वउद्योगसचिव कृष्ण ज्ञवाली र बैंकर पृथ्वीबहादुर पाण्डेको नाम पनि गभर्नरको उम्मेद्वारका रुपमा चर्चामा थियो ।

अर्थमन्त्री डा. महतले रामेश्वर खनाललाई गभर्नर बनाउनुपर्ने प्रस्ताव गरेका थिए भने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्ना सम्धी एवं पूर्वअर्थसचिव युवराज भुसाललाई गभर्नर बनाउन लागि परेका थिए ।

अन्तिम समयसम्म पनि खनाल र भुसालको निकै चर्चा भइरहेको थियो । पनि प्रधानमन्त्री कोइरालाले डा. नेपालको नाममा अडान लिएपछि सरकारले नेपाललाई नै गभर्नरमा नियुक्त गरेको हो । नेपाललाई गभर्नर बनाउने निश्चित भएपछि मात्रै राष्ट्र बैंकका दुबै डेपुटी गभर्नरको नाम सिफारिस गरिएको हो ।

खतिवडा बाहिरिए

गभर्नर डा. युवराज खतिवडाको पाँच वर्षे कार्यकाल बिहीबार नै सकिएको छ । खतिवडाले दिउँसो साढे १२ बजे विभागीय प्रमुखहरुसँग अन्तिम बैठक गरेका छन् ।

खतिवडाले आफ्नो कार्यकालमा सहयोग गरेकामा सबैलाई धन्यवाद दिँदै राष्ट्र बैंकमा आफूले गरेका सुधारका कामलाई निरन्तरता दिन सबैलाई आग्रहृसमेत गरेका छन् ।

यो पनि पढ्नुस् 

गभर्नर सा’ब, कांग्रेसको बन्ने कि राष्ट्रको ?

म गभर्नर भएसँगै घर जग्गा र शेयरका लगानीकर्ताको अपेक्षा हुनु अस्वभाविक होइन (अन्तरवार्ता)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment