Comments Add Comment

आमा बन्दै ‘पवनकली’, भन्छिन्-‘मैले पहिले त के गरेकी रहेछु र !’

luniva-tuladar
३ हप्तापछि आमा बन्न लागेकी कलाकार लुनिभा तुलाधर अर्थात ‘पवनकली’ आफ्नो चर्चित शोलाई फेरि दर्शकामाझ लिएर आउँदैछिन् ।

‘पवनकली शो’ चर्चित हुँदा लुनिभाको चर्चाले पनि आकाश छोएको थियो । तर, यो शो बन्द भएपछि उनी पनि कलाकारिताबाट हराएजस्तै भइन् । उनको जस्तै शैलीमा विभिन्न टेलिभिजनबाट कार्यक्रम प्रशारण नभएका पनि होइनन् । तर, लुनिभालाई विर्सन दर्शकले सकेका छैनन् ।

उनै, लुनिभा अब ३ हप्तापछि बच्चालाई जन्म दिदैछिन् । सन्तान जन्मिएपछि कार्यक्रम के हुन्छ त, लुनिभाले भनिन्-‘मैले १५ भाग तयार गरिसकेको छु । त्यसपछि यीनै भागहरु फेरि प्रशारण हुनेछन् ।’

कान्तिपुर गोल्डबाट प्रशारण हुन लागेको ‘पवनकली’ शोमा फेरि काम गर्दा लुनिभालाई धेरै कुरा नयाँ गरेको छु जस्तो लागेको छ । उनले भनिन्-‘पहिला त मैले केही पनि गरेको रहेनछु । अहिले कार्यक्रम तयार गर्दा मलाई पहिलेको कार्यक्रम त्यसै हिट भएछ भन्ने लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment