Comments Add Comment

रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गरिँदै

२० चैत, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मिलाएर सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्ने काम तदारुकताका साथ अगाडि बढाइने बताएका छन् ।

Minendra-Rijal-RSSरेडियो नेपालको ६५औँ वार्षिकोत्सव समारोहको शुक्रबार उदघाछन गर्दै मन्त्री रिजालले भने, “रेडियो नेपालको ६५ वर्षको इतिहास आधुनिक नेपालको इतिहास हो, त्यसलाई डिजिटलाइज्ड गर्नु जरुरी छ ।”

विसं २००७ को प्रजातन्त्र स्थापनाको लडाइँदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने बेलासम्ममा भएको हरेक परिवर्तनकारी आन्दोलनको संवाहक र साक्षी रेडियो नेपाल भएको उल्लेख गर्दै मन्त्री रिजालले अब रेडियो र टेलिभिजनलाई एकै ठाउँमा राखेर सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्ने काम टुङ्ग्याउनु जरुरी छ भने ।

सञ्चारमन्त्री रिजालले रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको जन्मभूमि विराटनगरमा तारिणीप्रसाद कोइराला स्मृतिग्राम बनाउने निर्णयअनुसार काम थालिसकेकाले त्यसलाई सम्पन्न गर्न पनि तदारुकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।

अरु कहीँ फेला नपर्ने नेपालको इतिहास रेडियो नेपालको टेप रेकर्ड, चक्का वा ग्रामोफोनमा हुने विश्वास व्यक्त गर्दै ती इतिहासलाई डिजिटलाइज्ड गर्ने कामका लागि आवश्यक बजेट व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको उनले बताए ।

सो अवसरमा मन्त्री डा रिजालले वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी गीत प्रतियोगितामा पुरस्कृत गीतका गायक, रचना तथा सङ्गीतकार, २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारी, गीत प्रतियोगिताका निर्णायक तथा वार्षिकोत्सवका अवसरमा आयोजित स्वास्थ्य शिविरमा सहयोग पु¥याएका चिकित्सकलाई सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव कविराज खनाल, रेडियो प्रसार सेवा विकास समितिका निमित्त कार्यकारी निर्देशक रमेशजङ्ग कार्की, रेडियो नेपालका नायब कार्यकारी निर्देशक धनेन्द्र विमल क्षेत्रीलगायतले रेडियो नेपालको महत्व र आवश्यकताबारे प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment