Comments Add Comment

नेपाली श्रमिकको स्वास्थ्य सुरक्षामा ध्यान दिन कतारी मन्त्रीलार्इ आग्रह

२३ चैत, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालासँग कतारका श्रम तथा सामाजिक मामिला मन्त्री अब्दुल्ला सलिह अल खुलाफीले भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेपाल–कतार सम्बन्ध,कतारले गरेको आर्थिक उन्नति र नेपालको आर्थिक–सामाजिक विकासका सम्बन्धमा छलफल भएको थियो ।

Sushil-Koiralaप्रधानमन्त्री कोइरालाले कतारमा चार लाखभन्दा बढी नेपाली कामदार कार्यरत रहेका अवगत गराउँदै उनीहरुको सुरक्षा, स्वास्थ्यलगायत क्षेत्रमा विशेष ध्यान दिन मन्त्री खुलाफीको ध्यानाकर्षण गराउनुभएको पर्ने बताउनुभएको भेटवार्तामा संलग्न श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए ।

प्रधानमन्त्री कोइरालाले वैदेशिक रोजगारीका मध्यस्थकर्ताले कामदारसँग लागतभन्दा बढी रकम असुल्ने गरेको बारेमा श्रम मन्त्री खुलाफीको ध्यानाकर्षण गराउँदै त्यसलाई शून्यमा झार्न दुवै मुलुकबाट संयुक्त पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको राज्यमन्त्री गुरुङले बताए ।

विगतमा लोकतन्त्र, शान्ति र राजनीतिक स्थायित्वको अभावमा नेपाल प्राकृतिक सम्पदामा धनी भएर पनि विकासमा पछि परेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालको जलस्रोत, कृषि, पर्यटन र जडीबुटीको समुचित विकास एवम् उपयोग भएमा नेपाल छिट्टै सम्पन्न मुलुक बन्ने बताए ।

उनले अहिले नेपाल झन्डै एक शताब्दी अगाडिदेखि नेपाली जनताले लोकतन्त्रको स्थापना र विकासका लागि गरेका सङ्घर्षबाट प्राप्त उपलब्धिहरु संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गर्ने ऐतिहासिक चरणमा रहेको बताए ।

प्रधानमन्त्री कोइरालाले विश्वको सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको कतारले सन् २०२२ मा आयोजना गर्न लागेको विश्व कप फुटबल प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे ।

राज्यमन्त्री गुरुङका अनुसार मन्त्री खुलाफीले नेपाली कामदार अन्य मुलुकका श्रमिकको तुलनामा परिश्रमी र इमान्दार भएकाले आफ्नो देशले नेपालीलाई उच्च प्राथमिकतामा राखेको अवगत गराउँदै कुनै कामदारसँग रकम लिने नीति नभएको जानकारी दिए ।

कामदारबाट लागतभन्दा बढी रकम असुल्ने जोकोहीलाई कारबाही गर्ने दृढता व्यक्त गर्दै  उनले नेपालमा पनि श्रकिकसँग बढी रकम असुल्ने वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गर्न प्रधानमन्त्रीसँग आग्रह गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment