Comments Add Comment

लोकसेवा आयोगले विद्युतीय माध्यमबाट दरखास्त बुझ्न थाल्यो

२५ चैत, काठमाडौं । लोक सेवा आयोगले विद्युतीय माध्यमबाट दरखास्त बुझ्ने कार्य सुरु गरेको छ ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित आइसिटी डेभलपमेन्ट प्रोजेक्टअन्तर्गत पब्लिक सर्भिस रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (पिएसआरएमएस) तयार भई कार्यान्वयनको चरणमा रहेको आयोगले जनाएको छ ।

आयोगद्वारा चैत २५ मा प्रकाशित नेपाल विविध सेवा,राजपत्र अनङ्कित द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पद, नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूहअन्तर्गतका विभिन्न उपसमूहका विभिन्न पद र इन्जिनियरिङ सेवा, सर्भे  समूह, राजपत्र, राजपत्र अनङ्कित द्वितीय अनमि पदको दरखास्त फारम परीक्षणको रुपमा यसै पटकदेखि विद्युतीय माध्यमबाट स्वीकार गर्ने व्यवस्था मिलाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment