Comments Add Comment

लोकसेवा आयोगको परीक्षा स्थगित

१७ वैशाख, काठमाडौ । भूकम्पको विपत्तिपछि लोकसेवा आयोगका सबै परीक्षा स्थगित भएका छन् । यसअघि त्रिभुवन विश्वविद्यालय र सिटीईभीटी अन्तर्गतका परीक्षा स्थगित भएका थिए ।

LOKSEWA AAYOGलोकसेवा आयोगको नायब सुब्बा अन्तर्गतको परीक्षा यही वैशाख २५ गतेदेखि थियो । तर, परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

परीक्षा सुरु हुनु भन्दा १५ दिन अघि सार्बजनिक सूचना जारी गरी जानकारी दिइने लोकसेवा आयोगले जनाएको छ ।

‘अधिकांश सरकारी भवन तथा परीक्षा केन्द्र राखिँदै आएका स्कूल र कलेजहरु क्षतिग्रस्त छन्,’ लोकसेवा आयोग परीक्षा शाखाका एक अधिकारीले भने, ‘स्थगित भएको परीक्षा कहिलेदेखि सुरु हुन्छ भनेर भन्न सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment