Comments Add Comment

बैदेशिक रोजगार व्यवसायीले ६५ लाख राहत उठाए

Bhukampa-6२३ वैशाख, काठमाडौं । महाभूकम्पका पीडितका लागि बैदेशिक रोजगार व्यवसायीहरुले ६५ लाख रुपैयाँ राहत संकलन गरिसकेका छन ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेको संयोजकत्वमा गठित ५१ सदस्यीय राहत संकलन समिति गठन गरिएको थियो ।

समितिले व्यवसायीहरुबाट मंगलबारसम्म ६५ लाख रुपैयाँको प्रतिवद्धता र २७ लाख रुपैयाँ नगद उठाइसकेको संघका महासचिव एवं राहत संकलन समितिका सदस्यसचिव कमल तामाङले अनलाइनखबरलाई जानकारी दिए ।

‘अहिलेसम्म ६५ लाख रुपैयाँको प्रतिवद्धता भएको छ, जसमध्ये २७ लाख रुपैयाँ नगद संकलन भइसकेको छ’ तामाङले भने- ३ देखि ४ करोड रुपैयाँ उठाएर एकमुष्टरुपमा राहत वितरण गर्ने हाम्रो योजना हो ।

संकलन भएको राहतमध्ये आधा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने र आधार रकम संघले नै क्षतिग्रस्त ठाउँहरुमा गएर वितरण गर्ने उनले जानकारी दिए ।

‘महाविपत्तिबाट पीडितको सहयोगार्थ राहत संकलनको अभियान चलाएका हौं’ तामाङले भने- रकम संकलन हुने क्रम तीब्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment