Comments Add Comment

दोलखामा प्रभु समुहको राहत

२५ वैशाख, चरिकोट । प्रभु समुहले दोलखा जिल्लामा १० लाख बराबरको राहत सामग्री वितरण गरेको छ । काठमाडौं नजिक मात्रै राहत सामाग्री पुगीरहेको अवस्थामा प्रभु समुहले दोलखाको नाम्दु गाविसमा राहत बाँडेको हो ।

prabhu-1

भूकम्प गएको १३ दिन वितिसक्दा पनि आफूहरुले राहत नपाएको स्थानीय शम्सेर घिसिङले बताए । प्रभू समुहले त्यहाँ एकसय थान त्रिपाल लगायतका राहत सामग्री वितरण गरेको छ । भूकम्पले घर भत्किएपछि खुल्ला आकासमा बस्दै आएका नाम्दुवासीले ओत लाग्न पाएको भनि खुसी व्यक्त गरेको प्रभु समूहले जनाएको छ ।

राहत सामाग्री प्रभु समुहका तर्फबाट रोशन रखालले स्थानीय अगुवाद्वय सम्शेर घिसिङ र नवराज उप्रेतिलाई हस्तान्तरण गरेका थिए । प्रभु समुहले भूकम्प प्रभावित विभिन्न जिल्लामा खाद्यान्न, लत्ता कपडा, त्रिपाल लगायत राहत सामाग्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment