Comments Add Comment

एमबीबीएसको नतिजा सार्वजनिक (सूची सहित)

२८ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमवीवीएस तर्फ अन्तिम वर्षको नतिजा प्रकाशित भएको छ । आईतवार प्रकाशित नतिजाअनुसार चितवन मेडिकल कलेजका सबैभन्दा बढि विद्यार्थी पास भएका छन् ।

नतिजा अनुसार चितवन मेडिकल कलेजका ७२ जना विद्यार्थीले परीक्षा दिएकोमा ६० जना पास भएका छन् । सो कलेजका ८३.३० प्रतिशत विद्यार्थी पास भएका हुन् । त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का ६४ जना विद्यार्थीहरुमध्ये ४७ जना (७३.४३ प्रतिशत) पास भएका छन् भने नेशनल मेडिकल कलेज वीरगंजका १ सय ७० जना विद्यार्थीले परीक्षा दिएकोमा ५२ जना (३०.६४ प्रतिशत) विद्यार्थी पास भएका छन् ।

त्यस्तै किष्ट मेडिकल कलेजका १ सय ४ जना विद्यार्थीमध्ये ६८ जना (६५.३८ प्रतिशत), युनिर्भसल मेडिकल कलेजका १ सय ८३ जना मध्ये ९१ जना (५१.४१ प्रतिशत) पास भएका छन् ।

त्यस्तै जानकी मेडिकल कलेजका ४६.६६ प्रतिशत विद्यार्थी पास भएका छन् । प्रकाशित नतिजा अनुसार चितवन मेडिकल कलेजका विद्यार्थी मनोज सुवेदी त्रिविकै उत्कृष्ट हुन सफल भएका छन् । आइओएमले एमबिबिएसमा सफल भएका विद्यार्थीलाई मंगलवार मार्कशिट वितरण गरिने जनाएको छ ।

नतिजा हेर्नुहोस्

IOM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment