Comments Add Comment

भूकम्प पीडितलाई हुन्डाई मोटर्सको ३ करोड सहयोग

Hyundai-Moters-Rahat

२८ वैशाख, काठमाडौं । हुन्डाई मोटर्स कोरियाले भूकम्प पीडितहरुको राहतका लागि तीन लाख अमेरिकी डलर (करिव ३ करोड रुपैयाँ) सहयोग गरेको छ । कम्पनीले उक्त सहयोग रकम सोमबार नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गर्‍यो ।

रेडक्रस भूकम्प गएको दिनदेखि नै पीडितहरुको राहत तथा पुर्नस्थापनामा लागिपरेको छ । हुन्डाई मोटर्सका एशिया एन्ड प्यासिफिक रिजनल हेडक्वार्टरका निर्देशक साङ मिन पार्कले ‘मुभिङ द वर्ल्ड टुगेदर’को भावनासहित कम्पनीको ग्लोबल सिएसआर कार्यक्रमअन्तर्गत सहयोग गरेको बताए ।

हुन्डाईले विश्वमा सहायता आवश्यकता परेका ठाउँहरुमा सहयोग उपलब्ध गराउँदै आएको छ । हुन्डाईको यस्तो सहयोग आगामी दिनमा पनि जारी रहने पार्कले जानकारी दिए ।

वैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूकम्पले राष्ट्रलाई संकटमा फसाइदिएको छ । अहिलेसम्म भूकम्पमा परी ८ हजार बढीले ज्यान गुमाइसकेका छन भने १६ हजार ४३२ घाइते भएका छन । साथै, ५ लाख ६८ हजार ६९७ घरहरु क्षतिग्रस्त भए ।

Hyundai-Moters-Rahat-2

डुन्डाई कम्पनीले एनआरसीएसलाई सहायता दिनुका साथै क्षति पुगेका हून्डाई मोटरहरुको मर्मत तथा सर्भिस र पार्टस्मा छुट उपलब्ध गराउने निर्देशक पार्कले बताए ।

हुन्डाई गाडीको नेपाली बिक्रेता लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले भूकम्प गएको तेस्रो दिनदेखि नै पीडितलाई विभिन्न राहत सामाग्री प्रदान गर्दै आएको बताए । उनका अनुसार भूकम्प प्रभावित क्षेत्रका १५ सय बढी पीडित परिवारलाई खाद्यन्न, टेन्ट र अरु राहत सामाग्री वितरण गरिएको थियो ।

सन् १९६७ मा स्थापित हुन्डाई मोटर्स कम्पनी विश्वको ठूलो अटोमेकर हो । यस कम्पनीका विश्वभरमा ८ मेर्नफेक्चरिङ बेस, सात डिजाइन र टेक्निकल सेन्टर रहेका छन् । सन् २०१४ मा हुन्डाईले करिव ४९ लाख गाडी बिक्री गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment