Comments Add Comment

१ सय करोडको रणवीरको ‘बम्बे वेलवेट’को कमजोर व्यापार

ranbir-and-anuska
यस्तो लाग्दैछ, बलिउडका चर्चित नायक रणवीर कपुरको प्रेम प्रसंगले उनको चलचित्र करिअरलाई असर गर्दैछ । लगातार २ वटा चलचित्र असफल भएपछि कमजोर देखिएका रणवीरको अर्को एक चलचित्र पनि असफल हुने लयमा देखिएको छ ।

करिब १० बर्ष लगाएर अनुराग कश्यपले निर्देशन गरेको चलचित्र ‘बम्बे बेलवेट’ले बक्स अफिसमा कमजोर व्यापार गरेको छ । यो चलचित्रले शुक्रबार भारतीय बक्स अफिसमा करिब ६ करोडको व्यापार गरेको हो ।

केही मल्टिप्लेक्समा त दर्शक नआएकाले बिहानीको शो नै हुन सकेन । सिंगल हलमा यो चलचित्रको व्यापार झनै कमजोर छ ।

रणवीर कपुर, अनुष्का शर्माको मुख्य भूमिका रहेको चलचित्रले ट्विटर, फेसबुक र समिक्षकबाट गाली पाएको छ । जसका कारण पनि १ सय करोडको बजेट पानीमा जाने संभावना बढेको छ ।

यो चलचित्रको व्यापार भन्दा एक साता अघि प्रदर्शनमा आएको ‘पीकु’ र २ साता अगाडि प्रदर्शनमा आएको चलचित्र ‘गब्बर इज ब्याक’को व्यापार बलियो छ ।

चलचित्र असफल हुने संकेतसँगै नायक रणवीर कपुरको करिअरलाई पनि ठूलो असर पर्ने देखिन्छ । रणवीरको यसअघि ‘बेशरम र रोय’ पूर्ण रुपमा असफल भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment