१५ जेठ, काठमाडौं । श्रींलंका बलर लासिथ मलिंगाले ब्याट फर नेपाल अभियान अन्तरगत हुने नेपालविरुद्धको खेलमा विश्व ११ बाट खेल्ने भएका छन् ।
भूकम्प प्रभावितका लागि सहयोग जुटाउन मलेसियाको किनरारा ओभलमा अगष्ट ९ मा नेपाली राष्ट्रिय टोली र विश्व ११ बीच एक दिवसीय क्रिकेट हुनेछ ।
विश्व ११ को तर्फबाट मालिंगाले पनि खेल्ने मलेसिया क्रिकेट एशोसिएशनका अध्यक्षले पुष्टि गरेका छन् । भूकम्प प्रभावितलाई कस्तो भइरहेको होला भन्ने आफूले अनुमान समेत गर्न नसक्ने भन्दै उनले सहयोग जुटाउन मलेसियामा हुने खेलमा सहभागिता जनाउने प्रतिवद्धता जनाएका छन् ।
@NepalCricket @CricketAus @IPL Lasith Malinga Sri Lanka World T20 winning captain onboard #BatforNepal #kinraraoval pic.twitter.com/FqMjq1ioA7
— Mahinda Vallipuram (@mvallipuram) May 28, 2015
विश्व ११ को तर्फबाट श्रीलंकन लेजेन्ड सनथ जयसूर्या र रोशन महानामाले खेल्ने पक्का भइसकेको छ । अर्को लेजेन्ड माहेला जयबर्दनले भने आफूले खेल्न नपाएपनि समर्थन गर्ने बताएका छन् ।