Comments Add Comment

नकारात्मक समाचार सम्प्रेषण गर्नेलाई काउन्सिलले कारबाही गर्ने

१५ जेठ, काठमाडौं । नेपाल प्रेस काउन्सिलले विपद्का बेला बद्नियतपूर्ण तरिकाले समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने भएको छ ।

नेपाल पत्रकार महासंघ ललितपुरको आयोजनामा शुक्रबार भएको अन्तक्रियामा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले विगत एक महिनामा सञ्चारमाध्यमहरुले प्रकाशन, प्रसारण गरेका समाचारको अनुगमन गर्न लागेको बताए । नियतवश सस्तो प्रचारका लागि गलत समाचार सम्प्रेषण गरेको भेटिएमा कारबाही गर्ने उनले बताए ।

राष्ट्रिय विपद्का बेला सबैभन्दा उत्तरदायी भएर मिडियाले काम गर्नुपर्ने भन्दै उनले भने–“काठमाडौँमा भत्केका घर र मृत्यु भएकाको मात्र दृश्य टेलिभिजनले सम्प्रेषण गरेकाले यसले विदेशमा बस्नेलाई गलत सन्देश गएको छ ।” अबको मिडियाको भूमिका पुनःनिर्माणतिर हुनुपर्ने भन्दै उनले विपत्तिका कारण जनताको गिरेको मनोबल उठाउने खालका कार्य गर्न मिडियाकर्मीलाई आग्रह गरे ।

नेपाल पत्रकार महासङ्घका सचिव धर्मेन्द्र कर्णले विपद् व्यवस्थापनका लागि सञ्चारकर्मीको भूमिका के हुन सक्छ भन्ने विस्तृत योजना नभएकाले समाचार सन्तुलित हुन नसकेको बताए ।

क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्यले विपद्का बेला कस्ता समाचारका सामग्री प्रकाशन, प्रसारण गर्ने ज्ञान नभए पनि ज्यानको प्रवाह नगरी कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीको प्रशंसा गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment