Comments Add Comment

ब्लाटर पाँचौ पटक फिफा अध्यक्षमा निर्वाचित

Sepp Blatter

१६ जेठ, काठमाडौं । सेप ब्लाटर पाँचौ पटक फिफाको अध्यक्षमा निर्वाचित भएका छन् । भ्रष्टाचारको आरोपमा फिफाका सात उच्च अधिकारी पक्राउ गरेकै बेला भएको चुनावमा ब्लाटरले जोर्डनका राजकुमार अली बिन अल हुसेनलाई पराजित गरे ।

यद्यपि पहिलो राउण्डमा भएको चुनावले नजिता दिएन । चुनाव जित्न कुल मत २०९ को दुई तिहाई अर्थात १४० मत आवश्यक थियो ।

तर, ब्लाटरलाई ७ भोट पुगेन । दोस्रो चरणको मतदानमा भने सामान्य बहुमतका आधारमा विजयी हुने भएकाले अल हुसेनले आफ्नो नाम फिर्ता लिए ।

पाँचौ पटक अधयक्ष भएपछि ब्लाटरले फिफामा अहिले देखिएको विवादमा आफूलाई जिम्मेवार देखाउन खोजिएको भएपनि त्यसको कुनै परवाह नरहेको बताए । आफ्नो कार्यकाल पुरा हुँदा एक जिम्मेवार उत्तराधिकारीलाई एक मजबुत संस्था छाडेर जाने उनले बताए ।

ब्लाटरविरुद्ध लडेका जोर्डनका राजकुमार अलीले चुनावी परिणाम परिर्वतनको पहिलो कदम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment