Comments Add Comment

राजविराज कारागारबाट १० कैदी छुटे

jail

१६ जेठ, सप्तरी । गणतन्त्र दिवसको अवसरमा सप्तरीको राजविराज कारागारमा जेल जीवन बिताइरहेका दश कैदीबन्दीलाई आम माफी दिएको छ ।

देशका विभिन्न कारागारमा रहेका कैदीको सजाय मिनाहा गर्ने क्रममा यस वर्ष सप्तरीबाट एक महिलासहित १० जनाको कैदी बन्दीलाई माफी गरी मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ ।

राजविराजको कारागारमा करिब २ सय ५६ कैदीमध्ये ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन ठीक भएका १० जना कैदीको कैद मिनाहा गरिएको सप्तरी कारागारका जेलर कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

कैद मिनाहा हुने कैदीमा छोटियादेवी मरिक, सुरज मरिक, चुल्हाय मण्डल नाजिम मियाँ, उमेश यादव, सचिन भनिने कामेश्वर साह, नागेन्द्रप्रसाद रिजाल, विष्णु यादव, वेरसु यादवलगायत रहेका छन् ।

राजविराज कारागारमा १२५ जना कैदीबन्दी बस्ने क्षमता रहेको कारागारमा हाल १३ महिलासहित २५७ जना कैदी रहेका छन् । । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment