Comments Add Comment

२६ छात्रा बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

Teacher

पाप धुरीबाट कराउँछ भन्ने सही नै हो । चीनमा आफैले पढाउने ४ देखि ११ वर्षसम्मका २६ जना छात्राहरुलाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्ड दिइएको छ ।

चीनको गान्सु प्रान्तस्थित एक गाउँको प्राथमिक विद्यालयमा पढाउने ली जिशुन नामका व्यक्तिले सन् २०११ देखि २०१२ सम्मको अवधिमा २६ जना बालिकामाथि बलात्कार तथा यौन दुर्व्यवहार गरेको ठहर गर्दै चीनको सर्वोच्च जनअदालतले मृत्युदण्डको फैसला गरेसँगै उनलाई मृत्युदण्ड दिइएको  हो ।

अदालतका अनुसार उनले ४ देखि ११ वर्षसम्मका स्कुले बालिकाहरुलाई आफ्नो सिकार बनाएका थिए । उनले २१ जना बालिकामाथि बलात्कार गरेको र अन्य पाँच जनालाई कक्षाकोठा तथा गाउँ नजिकैको जंगलमा लगेर यौन दुर्व्यवहार गरेको ठहर अदालतले गरेको छ । उनले कतिपय बालिकाहरुलाई पटक पटक बलात्कार गरेको समेत पाइएको छ ।

बालिका बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड दिइएको समाचारलाई चिनिया स्थानीय मिडियाहरुले महत्वका साथ प्रकाशित गर्दै त्यसलाई व्यंग्यात्मक शैलीमा कार्टुन चित्रसहित प्रकाशित गरेका छन् ।

कार्टुन चित्रमा ब्वाँसोले बालबालिकालाई लखेटिरहेको देखाइएको छ । चिनिया माइक्रोब्लगिङ साइट वेइबोमा समेत बालिका बलात्कारीलाई मृत्युदण्ड दिइएकोमा खुसी प्रकट गरेका छन् ।

चीनको सर्वोच्च जनअदालतले सन् २०१२ देखि २०१४ को अवधिमा बाल यौन दूराचारका ७ हजार १४५ वटा मुद्दामा सुनुवाइ गरेको जनाएको छ । यो अवधिमा चीनमा बाल यौनदुराचारका घटनामा ४० प्रतिशतले वृद्धि भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment