Comments Add Comment

फरार अभियुक्त गोलीसहित पक्राउ

१६ जेठ, गौशाला । महोत्तरीको भ्रमरपुरा गाविसका पूर्व अध्यक्ष हविव राईनलाई अपहरण उद्योग गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले गोलीसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भ्रमरपुरा गाविस–६ बस्ने २४ वर्षीय रब्बु राईन रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

युवक रब्बु भ्रमरपुरा–६ स्थित बाटोमा गएराति १० बजे एक्लै घुमिरहेको बेला गस्तीमा गएको प्रहरी टोलीलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट एसएलआरको गोली राउन्ड दुई र पेस्तोलको गोली राउन्ड दुई बरामद भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

पक्राउ परेका रब्बुमाथि प्रहरीले खरखजाना मुद्दा चलाई आवश्यक अनुसन्धान सुरु गरेको छ । विसं २०६७ मा भ्रमरपुराका पूर्व गाविस अध्यक्ष राईनलाई अपहरण उद्योग गरेको मुद्दामा रब्बुलाई २०६९ सालमा महोत्तरी जिल्ला अदालतबाट तीन वर्ष कैद र रु १५ हजार जरिवाना तोकिएपछि फरार भएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment