Comments Add Comment

मुश्लिम समुदायले निकाले बौद्ध गुम्बाका पुरातात्विक सामान

buddha-gumba

१६ जेठ, काठमाडौ । दोलखाको जिरीस्थित बुलडाँडामा रहेको बुद्ध छोइङ गुम्बाबाट पुरातात्विक महत्वका सामाग्रीहरु निकालिएको छ । मुश्लिम तथा तथा विभिन्न समुदायका युवाहरुले भूकम्पले धरापमा परेको गुम्बाबाट बौद्धधर्मका ऐतिहासिक सामग्रीहरु शनिवार विहान निकालेका हुन् ।

एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेका युवा स्वयंसेवकहरुले भूकम्पले भग्नावशेषमा परिणत भएको गुम्बाबाट बौद्ध धर्मसम्बन्धी महत्वपूर्ण ग्रन्थहरु तथा गुम्बाका गजुरहरु निकालिएको अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सचिव मदन अर्यालले जानकारी दिए ।

उद्धार कार्यमा वाईसीएल अध्यक्ष गणेशमान पुन लगायतका युवा नेता कार्यकर्ताहरु संलग्न थिए । गुम्बाबाट निकालिएका धार्मिक सामग्रीहरु बौद्ध समुदायका स्थानीय दोर्जे शेर्पालाई हस्तान्तरण गरिएका छन् ।

क्रान्तिकारी विद्यार्थीहरु केहीदिनदेखि भूकम्पले भत्किएको जिरीस्थित शहीद स्मृति विद्यालय पुनर्निर्माणमा जुटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment