Comments Add Comment

नेपालगन्जको प्लाईउड कारखानामा आगलागी

आरपी सुवेदी

१६ जेठ, नेपालगन्ज । नेपालगन्ज-२३ मा रहेको बागेश्वरी प्लाईउड कारखानामा शनिबार विहान आगलागी हुँदा करिव करोड बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नयव उपरीक्षक सुशील सिंह राठौरले दिएको जानकारी अनुसार शनिबार बिहान करिव २ बजेको समयमा विद्युत सर्किटमा सर्ट भएर लागेको आगोले प्लाईउडको ढोका बनाउन प्रयोगहुने कम्पुटराईज्ड मेसिन, आरा मेसिन, कच्चा पदार्थ र उत्पादन भएको केही तयारी माल जलेर नष्ट भएको छ ।

खजुरारोडको मानपुर बाबाकुटी नजिकै भएको सो कारखानामा आगो लागेको खबर पाउने वित्तिकै नेपालगन्जबाट दमकल, जिल्ला प्रहरी कार्यालयबाट प्रनाउ राठौरको नेतृत्वमा प्रहरी टीम तथा ईलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी निरीक्षक भरत राठौरलगायततको टिम घटनास्थलमा पुगेर लामोसमयको प्रयासपछि मात्र आगो नियन्त्रणमा लिएको थियो ।

कारखानाका सञ्चालक रमेश थापाले एक करोड बराबरको क्षति भएको बताएका छन् । यद्यपी क्षतिको यकिन विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment