Comments Add Comment

राप्रपा नेपालले भोलि बनकालीमा शान्ति महायज्ञ गर्ने

१६ जेठ, काठमाडौं । राप्रपा नेपालले भोलि आइतबार पशुपति बनकालीमा बृहत शान्ति महायज्ञ आयोजना गर्ने भएको छ ।

वैशाख १२ को भूकम्प र त्यसपछि आएको पराकम्प लगायतका दैवी विपदको घडीमा राष्ट्र कल्याणार्थ महायज्ञ गर्न लागिएको राप्रपा नेपालले जनाएको छ । महायज्ञमा राप्रपा नेेपालका अध्यक्ष कमल थापा प्रमुख कर्ता रहनेछन् ।

एकदिने महायज्ञमा १०८ ब्राम्हण, १०८ लामागुरु र ११ जना किँरात धर्मगुरुद्वारा श्रीमदभागवत पाठ, वेदपाठ, लघुरुद्री, चण्डीपाठ, नवग्रहपुजन, सवालाख महामृतुञ्जय मन्त्र पाठ, पौने तीन करोड दीप प्रज्वलन गरी महाभुकम्पबाट मृत्यु भएकाहरुको आत्माको मोक्ष प्राप्ति तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना र सामूहिक प्रार्थना गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment