Comments Add Comment

राष्ट्रिय एकता चाहियो भनेका हौं, सरकार होइन : प्रचण्ड

Prachanda

१६ जेठ, गोरखा । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले राष्ट्रिय सरकार नभर्इ राष्ट्रिय एकता खोजेको बताएका छन् ।

गोरखाको आरुघाटस्थित भीमोदय उच्च माविमा शनिबार टहरो बनाउँदै प्रचण्डले उनले भने, हामीले राष्ट्रिय एकता चाहियो भनेका हौँ । राष्ट्रिय सरकार होइन । कसैलाई मन्त्री बनाउन, मन्त्रिपरिषद् विस्तार गर्न राष्ट्रिय सरकार गठन गर्नु हुँदैन ।’

नयाँ संविधान निर्माणको लागि दलहरूबीच सहमति जुट्ने वातावरण देखिएमा राष्ट्रिय सरकार गठन गरेर अघि बढ्न सकिने उनको भनाइ छ ।

उनले राष्ट्रिय एकता कायम गर्न राष्ट्रिय सरकार आवश्यक नपर्ने तर्क गरे । ‘कसैलाई मन्त्री हुन मन लाग्यो भन्दैमा राष्ट्रिय सरकार गठन गर्न हुँदैन’ उनले भने, संविधान निर्माण, भूकम्पले ध्वस्त भएको संरचना पुनःनिर्माण र नवनिर्माणको नयाँ नीति तथा कार्यक्रम ल्याएर प्रष्ट दृष्टिकोण देखिएमा नयाँ नेतृत्व खोजेर सरकार गठन गर्न सकिन्छ, होइन भने यही सरकार रहिरहन्छ ।’

गाउँवस्ती पुनःनिर्माणका लागि नेता–कार्यकर्ता परिचालन गर्नुपर्ने भन्दै दाहालले पुनःनिर्माण तथा श्रमदान अभियानमा सबै जुट्न आग्रह गरेका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले घर, विद्यालय निर्माण गर्दा माटो परीक्षण गरेर भूकम्प प्रतिरोधात्मक बनाउनुपर्ने पनि धारणा राखेका छन् । “जहाँ मन लाग्यो त्यहाँ घर बनाउन हुँदैन । सरकारले अब घर, भवन निर्माणको आचारसंहिता ल्याउनुपर्छ र कडाईका साथ कार्यान्वयन गर्न ढिलाई गर्नु हुँदैन, उनले भने ।

प्रचण्डले आफूले ३१ वर्षअघि पढाएको भीमोदय उच्च माविमा टहरो निर्माणमा सघाएका छन् । उनले भीमोदयमा विज्ञान र कृषि विषय पढाउँथे ।

भीमोदय उमाविमा एमाओवादी स्थायी समिति सदस्य जनार्दन शर्मा नेतृत्वको टोलीले टहरो निर्माणमा तीव्रता दिएको छ । जेठ १७ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरिएकाले विद्यार्थी पढ्ने टहरो निर्माणमा एमाओवादीले सघाएको नेता शर्माले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment