Comments Add Comment

एफ ए कपको उपाधि आर्सनललाई

Arsenal players celebrate with the FA Cup trophy

१७ जेठ, काठमाडौं । आर्सनलले कीर्तिमानी १२ औं पटक एफ ए कपको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनल भिडन्तमा एस्टनभिल्लालाई ४–० ले पराजित गर्दै आर्सनलले उपाधि रक्षा गरेको हो । आर्सनलले सन् १९३० मा पहिलो पटक एफए कप जितेको थियो ।

म्यानचेष्टर युनाइटेडले ११ र टोटनह्यामले ८ पटक एफ ए कपको उपाधि जितेको छ ।

वेम्बलीमा भएको खेलमा आर्सनलले ४० औं मिनेटमा वालकोटको गोलबाट अग्रता लियो । दोस्रो हाफमा भने आर्सनल हावी भयो ।

५० औं मिनेटमा एलेक्स सान्चेजे गोल गरे । ६२ औं मिनेटमा आर्सनलले तेस्रो गोल ग¥यो भने ९० औं मिनेटमा जिरउडले गोल गर्दै आर्सनललाई ४–० को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment