Comments Add Comment

खोटाङमा सय थान त्रिपाल वितरण

१७ जेठ, खोटाङ । खोटाङका भूकम्पपीडितका लागि एक सय थान त्रिपाल वितरण गरिएको छ ।

बाकाचोल गाविसका ९८ घर परिवारलाई प्रति परिवार एकथान तथा बाकाचोल स्वास्थ्य चौकी र बाकाचोल गाविस भवनलाई एक/एक थान त्रिपाल वितरण गरिएको सेभ रुरल नेपालका संयोजक राजन खत्रीले जानकारी दिए ।

सरकारका तर्फबाट पनि उक्त क्षेत्रमा शुक्रबार राहत वितरण गरिएको थियो । घरमा पुगेको क्षतिका आधारमा तीन हजार रुपैयाँ देखि पाँच हजार रुपैयाँसम्मको नगद राहत सहयोग तथा त्रिपाल वितरण गरिएको थियो । स्थानीयले सरकारी तर्फबाट वितरित राहत सहयोग पयाप्त नभएको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment