Comments Add Comment

आजदेखि विद्यालय खुले, विद्यार्थीको उपस्थिति न्यून

School (1)

१७ जेठ, काठमाडौ । भूकम्पका कारण बन्द भएका विद्यालयहरु आजबाट सञ्चालनमा आएको छ । बैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण पठनपाठन ठप्प छ । विद्यालय सञ्चालमा ल्याइए पनि अधिकांश विद्यालयमा विद्यार्थीहरुको उपस्थिति न्यून छ ।

बन्द रहेको विद्यालय जेठ १ गतेदेखि नै सञ्चालन गर्ने तयारी भइरहँदा वैशाख २९ गतेको अर्को शक्तिशाली भूकम्पले गर्दा सरकारले नै थप १५ दिनका लागि विद्यालय बन्दको घोषणा गरेको थियो ।

School (2)

बन्द विद्यालय आजबाट सञ्चालन गरिने भए पनि पठनपाठन हुन भने केही समय लाग्ने भएको छ । बालबालिकामा भूकम्पको त्रासदी कायमै रहेकाले त्यसबाट मुक्त गराउन केही दिन मनोरञ्जनात्मक तथा मनोपरामर्शका कक्षाहरु सञ्चालन गर्ने विद्यालयहरुको योजना छ ।

महाभूकम्पपछि अहिलेसम्म पनि पराकम्पहरु जाने क्रम नरोकिएकोले पनि जनजीवन सामान्य हुन सकेको छैन भने बालबालिकामा भूकम्पको त्रास अझै कायमै छ । भूकम्पले हजारौं विद्यालय भवनहरु भत्किएका छन् । ती विद्यालयमा राखेर विद्यार्थीलाई पढाउन सक्ने अवस्था नभए पनि स्थिति सामान्य बनाउन भन्दै विद्यालय सञ्चालन गर्न लागि शिक्षा मन्त्रालयले जनाएको छ ।

School (5)

काठमाडौ उपत्यकासहित भूकम्पले अतिप्रभावित बनेका जिल्लाहरुमा पठनपाठन ठप्प भए पनि अन्य जिल्लाहरुमा भने पठन पाठन जारी रहेको छ । तराईका जिल्लाहरुमा भने अत्याधिक गर्मीका कारण विहानी कक्षामा विद्यालयहरु सञ्चालन गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment