Comments Add Comment

पर्यटन बोर्डमा कार्यकारी प्रमुख नियुक्ति गर्ने तयारी

१७ जेठ, काठमाडौं । मुलुकको पर्यटन प्रवर्द्धन गर्ने निकाय नेपाल पर्यटन बोर्डमा चाँडैन नै प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्ने तयारी सुरु भएको छ । लामो समयदेखि रिक्त रकेको उक्त पद प्रतिस्पर्धाका आधारमा पूर्ति गर्न लागिएको हो ।NTB-Building

पर्यटन बोर्डका अध्यक्षसमेत रहेका पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले रिक्त सिइओ नियुक्तिका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिए ।

‘पर्यटन बोर्डको नियमावली संशोधन भइसकेको छ, खुला प्रतिस्पर्धाबाट सिइओ छनोट गर्ने बाटो खुलेको छ ।’ श्रेयठले भने- अब बोर्डले चाँडै सिइओ पाउनेछ, यसले निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।’

पर्यटन बोर्डमा साँढे तीन वर्षदेखि सिइयो रिक्त हुँदा पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकणका कार्यक्रम प्रभावकारी हुनसकेको छैन । विसं २०६८ मंसिरबाट तत्कालीन सिइओ प्रचण्डमान श्रेष्ठले राजीनामा दिएपछि हालसम्म बोर्डले कार्यकारी प्रमुख पाउन सकेको छैन ।

निमित्त कायम मुकायम सिइओको रुपमा सुवास निरौलाले करिब तीन वर्ष काम गरे पनि आर्थिक अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा अघि बढाएपछि निरौला निलम्बनमा परेका छन । निरौला निलम्बनमा परेपछि बोर्डकै नन्दिनी थापाले पाँच महिनादेखि निमित्त सिइओको जिम्मेवारी सम्हाल्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment