Comments Add Comment

छोटो प्रक्रियाबाट संविधान र राष्ट्रिय सरकार बनाउन चार दल सहमत

Four-Party-Meeting

  • कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताहरुको बैठक । तस्वीर : रासस

१७ जेठ, काठमाडौं । प्रमुख चार दलले छाटो प्रक्रियाबाट नयाँ संविधान जारी गर्न र राष्ट्रिय सहमतिको सरकार बनाउने सैद्धान्तिक सहमति गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको बैठकले संविधानसभाको बैठक सारेर संविधान तथा राष्ट्रिय सरकारको टुंगो लगाउने निर्णय गरेको छ । चार दलको सहमतिसँगै आइतबारका लागि बोलाइएको संविधानसभाको बैठक सूचना टाँसेर जेठ २१ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री निवासमा बसेको शीर्षनेताको बैठकमा संविधानका विवादित विषयमा केही दिनभित्र सहमति कायम गरेर छोटो प्रक्रियाबाट जारी गर्ने सैद्धान्तिक सहमति भएको छ । स्रोतका अनुसार कांग्रेस र एमालेले संघीयतामा सहमति नभए अन्तरिम संविधानमा भएको सैद्धान्तिक विषयलाई राखेर संविधान जारी गर्ने प्रस्ताव राखेका छन् ।

चार पक्षबीच भूकम्पले गरेको विनाशपछि पुनःनिर्माणका लागि सम्पूर्ण शक्ति केन्दि्रत गर्न राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सैद्धान्तिक सहमति भएको एमाओवादी नेता डा. बाबुराम भट्टराईले बताए ।

बैठकमा संविधान निर्माण र राष्ट्रिय सरकार गठनको कार्यतालिका बनाएर प्याकेजमा सहमति खोज्ने सहमति भएको छ । एमाओवादी कृष्णबहादुर महराले भने-‘संविधान र राष्ट्रिय सरकार दुईवटै विषयमा एक-दुई दिन भित्रै प्याकेजमा टुंगो लगाउने जिम्मेवारी चार दलका शीर्ष नेतालाई दिइएको छ ।’

संविधानका अन्तरवस्तु र सरकारको स्वरुपबारे सुक्षम छलफल नभएको भन्दै महासचिव महराले यसबारे प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार बसेर टुंगो लगाउने बताए ।

सहमतिपछि एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सात दलीय र ३० दलीय मोर्चाको बैठक राखेर राष्ट्रिय सरकार गठनको एजेण्डा प्रवेश गराएका छन् ।

यो पनि पढ्नुस्

३० दलीय मोर्चामा राष्ट्रिय सरकार गठनको एजेण्डा प्रवेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment