Comments Add Comment

७० हजार बालबालिकामा कुपोषणको जोखिम : युनिसेफ

१७ जेठ, काठमाडौं । विनाशकारी भूकम्पका कारण ५ वर्षमुनीका ७० हजार बालबालिकामा कुपोषण हुने जोखिम रहेको युनिसेफले जनाएको छ ।
Unicef
उनीहरुलाई मानवीय सहायताको आवश्यकता रहेको उसले बताएको छ । युनिसेफका अनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लाका करिब १५ हजार बालबालिकालाई बदामको पेस्टसहितका गम्भीर कुपोषणको उपचारका लागि तयारी उपचारात्मक खाना आवश्यकता छ ।

साथै ५५ हजार मध्यम कुपोषण भएका बालबालिकाकाको स्वास्थ्य, वृद्धि तथा विकासका लागि थप पोषिलो खाना तथा हेरचाह आवश्यकता रहेको उसले बताएको छ ।

नेपालस्थित युनिसेफका प्रतिनिधि टोमो होजुमीले भने, अब यो विपद्पछि बालबालिकाको पोषणको अवस्था झनै बिगि्रने हो कि र राष्ट्रले विगत केही वर्षमा पोषणको क्षेत्रमा हासिल गरेका उपलब्धि गुम्ने हो कि भन्ने हामीलाई गम्भीर चिन्ता छ ।

भूकम्प अघि पनि नेपालका १० मा एक भन्दा बढी बालबालिकामा गम्भीर कुपोषण र १० मध्ये ४ बालबालिका उमेर भन्दा पुड्को भएको देखिएको थियो ।

बालबालिकाको जीवन रक्षाका साथै बर्षायाममा पानीजन्य रोगहरूबाट बचाई रोगहरूसँग लड्ने क्षमता बढाउनु पर्ने युनिसेफको जोड छ ।

युनिसेफका अनुसार विनाशकारी भुकम्पबाट प्रभावित करिब दुई दर्जन जिल्लाका १७ लाख बालबालिकालाई मानवीय सहयोग आवश्यक छ । उनीहरुमा दीर्घकालीन शारीरिक तथा मानसिक समस्याको जोखिममा पनि छ । “शहर तथा गाउँका भग्नावशेषबाट निस्किएका धूलोका कारण बालबालिकामा दिर्घकालिन  श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण हामी देख्न थालिसकेका छौं,” होजुमीले भने, “कतिपय बालबालिका भूकम्पका वेला लागेका चोटपटकका कारण दीर्घकालीन अपाङ्गता तथा डरत्राशमा बाँच्नुपर्ने स्थितिमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment