Comments Add Comment

सशस्त्र प्रहरीद्वारा अवैध सुपारी बरामद

सलमान खान
१७ जेठ, भैरहवा । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डा भैरहवाले रुपन्देही सिमानाकाबाट अवैध सुपारी बरामद गरेको छ ।

विशेष सुराकीको आधारमा गुल्मपति डिएसपी कमलप्रसाद तिम्सिनाको कमाण्डमा खटिएको टोलीले अवैध सुपारी बरामद गरेको हो ।

बोदवार ७ बुचिवरवाको एक कच्ची घरमा भारत तर्फ तस्करी गर्नका लागि राखेको करिब ३ लाख ५८ हजार ४ सय रुपैयाँ बराबरको १४ क्वीन्टल अवैध सुपारी बरामद गरिएको सस्शत्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डाका प्रमुख डिएसपी तिम्सिनाले बताए ।

बरामद गरिएको अवैध सुपारी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment