Comments Add Comment

कांग्रेसको राहत कोषमा डेढ करोड बढी जम्मा

१७ जेठ, काठमाडौं । नेपाली कांग्रेस भूकम्प पीडित सहयोग कोषमा डेढ करोड रुपैयाँ भन्दा धेरै जम्मा भएको छ ।

Nepali Congressपीडितहरुका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक, सिंहदरवार शाखामा खोलिएको खातामा १ करोड ५३ लाख ३७ हजार १६३ रुपैयाँ जम्मा भएको कांग्रेसले जनाएको छ ।

गत वैशाख १४ गते बसेको आकस्मिक बैठकले आर्थिक संकलनका लागि बैंकमा खाता खोल्ने निर्णय गरेको थियो । बैंकमा रकम जम्मा गर्नेहरुको विवरण कांग्रेसले सार्बजनिक गरेको छ ।

राष्ट्र माथि आइपरेको विपत्तिमा खुल्ला हृदयका साथ आर्थिक सहयोग प्रदान गर्ने सबैमा नेपाली कांग्रेसले धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment