Comments Add Comment

डिजेल इञ्जिनमा भित्रियो टोयोटा इटिओस क्रस

toyota-etios-cross-blue-Disel

२१ जेठ, काठमाडौं । टोयोटा गाडीको नेपाली बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटले इटिओस कारको डिजेल भर्सन बजारमा ल्याएको छ । कम्पनीले यसअघि नै पेट्रोल इञ्जिन इटिओस क्रस बजारमा ल्याइसकेको छ ।

गत भदौमा भएको नाडा अटो शोमा कम्पनीले इटिओस क्रस सार्वजनिक गरेको थियो । इटिओस क्रसले नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । सडकमा पनि इटिओस क्रसको बाक्लो उपस्थिती देखिन्छ

नेपाली बजारमा डिजेल इञ्जिन कारको माग उच्च रहेको हुँदा इटिओस क्रस डिजेल भर्सनमा भित्राएको कम्पनीले जनाएको छ । पेट्रोल इञ्जिनको तुलनामा डिजेल इञ्जिनको माइलेज बढी भएको हुँदा नयाँ भर्सनले उपभोक्ताको मन जित्ने विश्वासमा कम्पनी छ ।

Toyota-Etios-Cross-Disel

डिजेल भर्सनको इटिओस क्रस १३६४ सीसी इञ्जिन क्षमताको कार हो । यसमा रेल डिजेल इन्जेक्सन सिष्टम रहेको छ । ५ स्पीड म्यनुअल गियरबक्स रहेको यो कारले राजमार्गमा २३.५९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

यसमा ठूलो क्याबिन रहेको छ । जसमा पियोनो परिस्करणमा उच्च गुणस्तरीय सामाग्रीहरु प्रयोग गरिएको बताइएको छ । कारमा ५ जनाले आरामसँग यात्रा गर्न सक्छन् । उच्च ग्राउन्ड क्लियरेन्स तथा १५ इञ्चको ट्युबलेस टायर भएको यो गाडी लामो दूरीको यात्राका लागि उपयुक्त भएको कम्पनीको भनाई छ ।

कारमा ४५ लिटरको इन्धन ट्याङ्की छ । २ सय ५१ लिटर क्षमताको डिक्की रहेको कारमा मल्टिफंसन इलेक्ट्रोनिक पावर स्टेयरिङ, पावर विन्डो विथ ड्राइभर साईड अटो डाउन, कूल्ड ग्लोब्स बक्स यूनिट, प|mन्ट पावर आउटलेट्स लगायतका सुविधाहरु रहेका छन् ।

Toyota Etios Cross Red Disel

यसैगरी टाकोमिटर,  डिजिटल टि्रप मिटर, एयर कन्डिस्नर विथ हिटर एण्ड क्लिन एयर फिल्टर तथा अन्य परिस्कृत सुविधाहरु पनि कारमा रहेको कम्पनीले जनाएको छ ।

कारको अगाडिको भागमा क्याकर्फसन स्ट्रट सस्पेन्सन एण्ड टर्सन बीम सस्पेन्सन एट रियर प्रोमिसिङ सिष्टम रहेको हुँदा आरामदायी यात्राको अनुभव दिने छ ।

सुरक्षाका लागि इन्जिन इमोबिलाइजर, एयरब्याग्स, इम्प्याक्ट एब्जोर्बिङ बडि, रियर डिफोगर, सेन्ट्रल लकिङ सिष्टम, एडभान्स एन्टि लक ब्रेकिङ सिष्टम एकोम्प्यानिड विथ इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्टि्रब्यूशन रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment