Comments Add Comment

ईलेक्ट्रोनिक सामान चोर्ने गिरोह पक्राउ

Ele-thip

२२ जेठ, काठमाडौं । राजधानीमा ल्यापटप, मोबाइल सहितका ईलेक्ट्रोनिक सामानहरु चोरी गर्दै आएको गिरोह पक्राउ परेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाठौं सोहृखुटे घर भई शेसमती बस्ने २७ वर्षका शशी बिक र काभ्रे घर भइ नरदेवी बस्ने ३० वर्षका विक्रम परियारलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शशी चोरी गर्दा गर्दै पटक पटक पक्राउ गरेका थिए । २०६६ सालमा मोबाइल चोरी गरी भागिरहेको अवस्थामा पक्राउ परेका उनी एक महिनामा जेल बसेर ५ हजार धरौटीमा छुटेका थिए । २०६८ मा फेरि पक्राउ वरेका उनी २ वर्ष ७ महिना जेल पर्नुका साथै ५० हजार जपरिवाना तिरेका थिए ।

उनी साँझको समयमा मादक पदार्थ तथा लागु औषध सेवन गरी चोरी गर्ने गरेका थिए । प्रहरीका अनुसार शशी र विक्रमले घडी, क्यामरा तथा किराना पसल, सार्वजनिक यातायात, ट्याक्सी, प्राईभेट सवारी साधन, घर जस्ता ठाउँलाई लक्षित गरी ईलेक्ट्रोनिक सामानहरु चोरी गर्दै आएका थिए ।

प्रहरीले शशीको साथबाट डेलको ल्यापटप एक थान, क्यामरा दुई थान, हृयाण्डिक्याम एक थान, आइप्याड एक थान, सात थाम मोबाइल, लेडिज तथा जेन्स घडी ९ थान, चाँदीको पाउजु र बच्चाले हातमा लगाउने रिङ एक-एक जोर खुट्टामा लगाउने बिच्छु चाँदीको तीन थान बरामद गरेको छ ।

विक्रमको साथबाट एप्पलको ल्यापटप एक थान, पि्रन्टर लगायतका सामान बरामद गरेको छ । बरामद सामानहरु आफ्नो हो भन्ने लागेमा अपराध अनुसन्धान शाखामा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment