Comments Add Comment

दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टरमा थप पाँच नेपाली परेको पुष्टि

A-UH-1Y-Huey,-Marine-Light-Attack-Helicopter-Squadron-469

२२ जेठ, काठमाडौं । सिन्धुपाल्चोक र दोलखाको सीमामा पर्ने सिन्दूरेडाँडामा भएको अमेरिकी हेलिकोप्टरमा पाँच नेपालीको मृत्यु भएको पुष्टि भएको छ । यससँगै हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ अमेरिकी सेनासहित १३ पुगेको छ । 

वैशाख २९ गतेको शक्तिशाली भूकम्पपछि उद्धारमा गएको अमेरिकी हलिकोप्टर दुर्घटनामा परेको थियो । हेलिकोप्टरमा ६ अमेरिकी र २ नेपाली सैनिक थिए ।

२९ गते दिउँसोबाट सम्पर्कबिहीन भएको हेलिकोप्टर १ गते मात्र झण्डै ११ हजार २०० फिटको उचाईमा दुर्घटनाग्रस्त भेटिएको थियो । सुरुमा हेलिकोप्टर दुर्घटनामा २ नेपाली सैनिक र ६ अमेरिकी सेनाको मृत्यु भएको भनिएको थियो ।

तर, दोलखा सिंगटीबासीले ५ जनालाई हेलिकोप्टरले उद्धार गरेको तर, काठमाडौंमा अस्पतालहरुमा नभेटिएको बताएपछि दुर्घटनामा परेको आशंका गरिएको थियो ।

सेनाले आफन्तका डीएनए नमुना लिएर परीक्षण गरेको थियो । डीएनए परीक्षणमा दुर्घटनामा पाँच गैरसैनिक परेको पुष्टि भएको सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार दोलखा लादुक ७ का ध्रुव कट्वाल, लोक बहादुर कट्वाल, शिव खत्री, यम बहादुर खत्री र लामिडाँडाकी साबित्री सिवाकोटीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment